मिनी सार्क’ को तयारी पूरा

फागुन ३०, काठमाडौं–  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ ।

पोखरामा चैत १ देखि ४ गतेसम्म हुन लागेको बैठकमा छ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुने भएका छन् । अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो सम्मेलन सार्कको ‘मिनी शिखर सम्मेलन’ मानिन्छ । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत २ र ३ मा नेपाल आउने छन् ।(कान्तिपुर दैनिकबाट)