मिर्गाैला दिवसः‘मिर्गौला बचाऔँ

फागुन २७, काठमाडौं– एघारौँ विश्व मिर्गौला दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

किड्नी फाउन्डेसनले आज दरबारमार्गबाट र्‍याली सुरु गरी कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।

र्‍यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणले सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन÷कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले नेपालमा करिब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको बताए ।