प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि सिफारिस

फागुन २७, काठमाडौं–   एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको छ ।

बुधबार बढुवा सिफारिस समितिको सचिवालयले सार्वजजिक गरेको सिफारिस सूचीमा २०६१ र २०६२ भदौका प्रहरी निरीक्षकको नाम परेपनि २०६२ असारमा प्रहरी निरीक्षक  भएका कोही परेनन्।

बढुवा सिफारिसमा परेका ३६ जना एक वर्ष अघिको डिएसपी बढुवामा छुटेकाहरु हुन् । २०६१२ भदौंका १० जनाको नाम सिफारिस भएको छ ।(नागरिक दैनिकबाट)