कोषाध्यक्षमा सीतादेवीको अग्रता कायमै

फागुन २५, काठमाडौं– नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सीतादेवी यादवको अग्रता कायमै छ। केहीबेरअघि सुरु भएको मतगणना अनुसार रामचन्द्र पौडेल समूहबाट कोषाध्यक्षको उम्मेद्वार बनेकी यादवले १२४ मत प्राप्त गरेकी छन् भने उनलाई १०७ मत ल्याएर चित्रलेखा यादवले पछ्याइरहेकी छिन्। चित्रलेखा शेरबहादुर देउवा समूहबाट उम्मेद्वार बनेकी हुन्। कृष्णप्रसाद सिटौला समूहका उम्मेद्वार उमाकान्त चौधरीले ५४ मत ल्याएका छन् भने कृष्ण कार्कीले ५ मत ल्याएका छन्। अहिलेसम्म ३०१ मत गणना भएको छ। मतगणना पार्टी कार्यालय सानेपामा जारी छ।