विज्ञप्तिमार्फत देउवालाई पौडेलको बधाई

फागुन २५, काठमाडौं– नवनियुक्त सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले सभापतिमा विजयी भएकोमा बधाई र शुभकामना दिएका छन्।

‘महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनेको छ।

‘नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व मलाई प्राप्त भएकोमा लोकतान्त्रिक पद्धतिद्धारा नेतृत्वको चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्विघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक हुँदैछन् । यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको छ,’ उनले भने।

साथै महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने देशभरि र विश्वभरिका प्रतिनिधिलाई हार्दिक आभारका साथ धन्यवाद दिएका छन्।

निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबैलाई आग्रह गर्दै भने,‘ म सदैव तपाईहरुको साथमा रहनेछु।’