पुनः निर्माणमा तल्लो संरचनासम्म महिलाको सहभागिता हुनुपर्ने

फागुन २४, काठमाडौं– भूकम्पपछिको पुनःनिर्माण लैगिंकमैत्री बनाउन प्राधिकरणदेखि यसका तल्लो संरचनासम्म महिलाको एक तिहाइ  सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
सञ्चारिका समूहले १०६ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा लैंगिक सवाल’ विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीले प्राकृतिक प्रकोप आफँैमा विनाशकारी भएपनि यसको पुनः निर्माणलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले पुनः निर्माणका क्रममा जग्गाको स्वामित्व र संयुक्त बैकं खाता खोल्ने कुरामा प्राधिकरण सकारात्मक रहेको बताए । उनले आर्थिक तथा सामाजिक परिवर्तन विकासको अवसर भएकाले महिला सहभागिताविना सफल नहुने भएकाले महिला पुरुषको बराबरी उपस्थितिमा कार्यविधि बनाएर लैजाने बताए ।
अधिवक्ता सविन श्रेष्ठले पुनःनिर्माण प्रधिकरण ऐनमा महिलाका लागि गरिएको व्यवस्थाका बारे कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणका संरचनामा महिलालाई कतै पनि सहभागी नगराइएको बताए । उनले  पुनःनिर्माणका क्रममा भौतिकमात्रै नभई सामाजिक पुनः निर्माण गर्ने उपयुक्त अवसर भएको भन्दै प्राधिकरण ऐनले यसका संरचनामा भन्दा पुनःनिर्माणका क्रममा महिला र उनीहरूको विशेषावस्थालाई भने केहीे सम्बोधन गरेको औंल्याए ।