डडेल्धुरामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

फागुन २३, र्कलाली– डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप गएराति मणिलेक–१ रडुवामा दुर्घटना भएको हो। दुर्घटना हुँदा मणिलेक–२ का ३० वर्षीय  गाडी चालक सेरु भुल, मणिलेक–३ का ३४ वर्षीय छबिलाल अबस्थी र मणिलेक–१ का ३२ वर्षीय खडकराज अबस्थीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक बिपिन कर्माचार्यले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मणीलेक–१ कै गाडी धनि गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट  तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।