मधेसीलाई विदेशी ठानेकै कारण अधिकारवाट बन्चित गरियोः यादव

फागुन २१, वीरगंज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीलाई विदेशी मानेकै करण तराईमा ६ महिना लामो संर्घष र पाँच दर्जन बढीले ज्यान दिँदासमेत पहाडी मानसिकताले ग्रसित राज्यसत्ताले मधेसीलाई अधिकार नदिइएको आरोप लगाएका छन्।

उनले काँग्रेस, एमाले, एमाओवादी लगायतका पहाडवादी चिन्तनले ग्रसित दलहरुले मधेसीलाई विदेशी ठानेकै कारण अधिकार नदिई  उल्टै दमन गरेको दावी गरे।

पर्साको भावानीपुलमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ६ महिना लामो मधेस आन्दोलनले अहंकारी सरकारको कम्मर भाँचिएको र अबको आन्दोलनले टाउको भाच्ने दावी गरे। ‘अलपसंख्यक, उतपीडित वर्गको अधिकारलाई संविधानमा  स्थापित गर्ने र अबको आन्दोलन पहाड, हिमाल, तराई चारैतिरबाट हुनेछ,’ उनले भने।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले मधेसी जनता आन्दोलनबाट नथाकेको र फेरि आन्दोलन गर्न तयार रहेको बताए।

कार्यक्रममा  जिल्ला अध्यक्ष प्रदिप यादवले मधेसी, मुस्लित, दलित, पछि पारिएको उतपीडित वर्गको अधिकार संविधानमा समावेश नभएसम्म आन्दोलन जारी राख्ने बताए।