डाक्टर मार्ने गरी भएको दुर्घटनाको निष्पक्ष छानविनको माग

फागुन १८, काठमाडौं–एक साताअघि त्रिवि शिक्षण अस्पतालमा एमडी गरिरहेका चिकित्सक सन्दीप सुवेदी र सनि आनन्दको ज्यान जाने गरी गराईएको सावरी दुर्घटनाको निष्पक्ष छानविनकोलागि कारवाहीको माग पीडितका आफन्तले गरेका छन ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पीडितका आफन्तले चालकले लाईसेन्स लिएको नौ वर्षको अवधीमा २७ पटक कारवाही भोगेको कुरा बाहिर आईसकेको अवस्थामा उनले दुर्घटना मात्र गरेको नभई हत्या नै गरेको पुष्टि भएको भन्दै चालकसहित सो घटनामा संलग्नहरुमाथि छानविन गरी कडा कारवाहीको माग गरेका हुन ।
आनन्दका ठूलो बुबा पाटन अस्पतालका चिकित्सक डा भरतकुमार यादवले चालकको अपराधको श्रृंखला बाहिर आईसकेको, सवारी नियम विपरित २७ वर्ष पुरानो सवारी साधन गुडाएको, पर्यटक बोक्न ल्याईको ट्राभलको गाडिमा विद्यार्थी ओसारेको जस्तो विषयहरु बाहिर आईसकेको अवस्थामा अब चालक, विद्यालय सञ्चालक र ट्राभल सञ्चालकसहितका दोषीमाथि ज्यान मुद्दामा कारवाही हुनु पर्ने माग गरे ।
डा सुबेदीका आफन्त किशोर खनालले मुलुकलाई सेवा दिन तयार भएका चिकित्सकहरुको मृत्यू साधारण विषय नभएकोले यसको निष्पक्ष छानविन समिति गठन गरेर दोषीको पहिचान गरी हर्दैसम्म सजाय हुनुपर्ने माग राख्दै यो घटनाको अनुसन्धान गंभिरतापूर्वक नगरी आगामि दिनमा यस्ता लापरवाहीको घटनाले कैयौको ज्यान लिन सक्ने सम्भावना औल्याए ।
नेशनल रेसिडेन्ट एसोसिएसनका अध्यक्ष राजेश भुर्तेल र स्टुडेन्ट बेलबेयर कमिति अध्यक्ष प्रवेश विक्रम सिंह लगायतकाले  दोषीमाथि कडाकारवाही र क्षतिपूर्तिको माग गर्दै आगामि दिनमा यस्तो घटना दोहरिन नदिने गरीकारवाही हुनु पर्ने माग गरे ।