ट्रेड यूनियनको तर्फबाट अधिकारी र पौडेलको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

फागुन १८, काठमाडौं–नेपाली काग्रेसको आसन्न १३ औं महाधिवेशनमा भातृ संठन नेपाल ट्रेड यूनियन काग्रेसको तर्फबाट आत्मराम पौडेल र कल्पना अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पौडेल र अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन ।
ट्रेडयूनियन राष्ट्रि समिति उपाध्यक्ष समेत रेकी अधिकारीले महिला आरक्षित कोटा र पौडेलले प्रदेश नम्बर ३ बाट केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा उनीहरुले मजदुरको पेशागत हितमा हस्तक्षेप कारी भूमिका स्थापित गर्न पनि र बेरोजगारहरुको हितलाई स्थापित गर्न पनि नेतृत्व पुग्न आवश्यक रहेकोले उम्मेदावारी दिने निर्णय गरेको दावी गरेका थिए ।