यातायात कार्यालयका बिचौलिया बिना धरौटीमा रिहा

फागुन १८, ललितपुर– ललितपुरको एकान्तकुना र ताल्छिखेलमा रहेको यातायात कार्यालयका ९ जना बिचौलियालाई जिल्ला अदालतले बिना धरौटीमा रिहा गरेको छ।

केही दिनअघि प्रहरीले पक्राउ गरि उनीहरुमाथि सार्वजनिक मुद्दा चलाएको थियो।

यातायात कार्यालयभित्र पसेर सवारी साधनको ढड्डा बाहिर ल्याउने काममा उनीहरु सम्लग्न भएको भन्दै प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको थियो।

भोजबहादुर खत्री, बोधराज रेग्मी, नीरमाया तामाङ, अनुषा ज्ञवाली,मन्जु शर्मा, सन्तोष देवकोटा, सुरेश लामा, सन्तोष तिवारी र सुमन पुरीलाई अदालतले बिना धरौटी रिहा गरेको होे ।