आफू मरेर भएपनि यात्रु बचाउने पाइलटलाई वीर पदक

फागुन १८, काठमाडौं– एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को(पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ। आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो। राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, कांग्रेस नेता नरहरि आचार्य र कर्मचारी खगेन्द्र नेपालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। मन्त्रिपरिषदले संविधान जारी भएको उपलक्ष्यमा १६५ कैदीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ। (कान्तिपुर दैनिकबाट)