निर्णायक बन्दै उपगुट, पौडेल र देउवाले कोषाध्यक्ष भेटेनन्

फागुन १८, काठमाडौं– नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि गुटगत आधारमै प्रतिस्पर्धा हुने भएको छ। संस्थापन र बरिष्ठ नेता शेरवहादुर देउवा पक्षवीच कडा प्रतिस्पर्धा हुने भए पनि नयाँ नेतृत्व चयनमा उपगुटहरु निर्णायक बन्ने अवस्था छ।

संस्थापन पक्षबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरेपनि महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताले पनि सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन्।

संस्थापनबाट एउटै उम्मेदवार बनाउने प्रयास सफल हुन सकेको छैन। संस्थापन इतरको नेतृत्व वरिष्ठ नेता शेरवहादुर देउवा गर्नेछन्। सम्भवतः मंगलबार उम्मेदवारी घोषणा गर्ने तयारीमा उनी लागेका छन्।

पौडेल र देउवाले कोषाध्यक्ष भेटेनन्

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता देउवाले आफ्ना प्यानलबाट कोषाध्यक्षको टुंगो अझै लगाउन सकेका छैनन्। निकट नेताहरुलाई मिलाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका पौडेल र देउवाले सोमबार पनि कोषाध्यक्षबारे टुंगोमा पुग्न सकेनन्।

सोमबार आन्तरिक छलफलपछि दुवै समूह कोषाध्यक्ष मधेसी÷महिला नै अघि सार्ने निष्कर्षमा भने पुगेका छन्। (नागरिक दैनिकबाट)