चीनले तातोपानी नाका नखोल्ने

फागुन १८, काठमाडौं– चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी–खासा’ नखोल्ने संकेत गरेको छ। नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैँका लागि बन्द हुन सक्ने जनाउ दिएको हो। भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लो पटक खासाको भौगर्भिक अवस्था मानव बसोबास लायक नभएको जानकारी गराएको छ। परराष्ट्रमन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए। (नागरिक दैनिकबाट)