सार्वजनिक स्थलमा ध्रुमपान गर्ने १ हजार पक्राउ

फागुन १७, काठमाडौं– काठमाडौं प्रहरी परिसरले सार्वजनिक स्थानमा ध्रुमपान र सुर्तीजन्य पदार्थ खाने १ हजार जनालाई कारवाही गरेको छ।

सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट  १ हजार जनालाई पक्राउ गरिएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। उनका अनुसार चार दिनदेखि जारी अभियानका क्रममा काठमाडौंका १४ वटै वृत्तबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
सार्वजनिक स्थानमा धु्म्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई पहिलो पटक चेतावनी स्वरुप १  सय रुपैयाँ जरिवाना प्रहरीले गरेको छ। दुई वा सो भन्दा बढी सार्वजनिक स्थानमा ध्रुमपान वा सुर्तीजन्य वस्तु सेवन गरे पक्राउ गरिने थापाले चेतावनी दिए।