राजधानी केन्द्रित आन्दोदनको तयारीमा मधेशी मोर्चा

फागुन १६,काठमाडौं –तराई मधेसको आन्दोलन असफल भएपछि राजधानी केन्द्रित आन्दोलनको तयारी गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालयको बैठक बस्दैछ ।

काठमाडौंमा बस्ने सचिवालयको बैठकमा आन्दोलनकै विषयमा छलफल हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आन्दोलनलाई राजधानी केन्द्रित बनाउने विषयमा सचिवालयले तयारी गर्नेछ ।

यसैबीच सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन पत्रको भाषा र बुँदाका विषमया पनि छलफल हुने स्रोतले जनाएको छ ।

तराई मधेसमा झण्डै छ महिना कडा आन्दोलन गरेको मधेसी मोर्चा आन्तरिक विवादले गर्दा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने हदसम्म पुगेको छ ।

मधेसी मोर्चाको आन्दोलनमा जनताको समर्थन नरहेको र भारतको मात्रै समर्थन रहेको आरोप लाग्दै आएको छ ।