सुदूर पश्चिमेली विद्यार्थी बजगाईं एचएतर्फ नेपाल प्रथम

फागुन १४, कंचनपुर– फारवेस्ट स्कुल अफ मेडिसिन कंचनपुरमा सामान्य चिकित्सा (एचए) का विद्यार्थी लक्ष्मीकान्त बजगाईं नेपाल प्रथम भएका छन्।

उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिकसत्र २०७१÷७२ मा संचालन गरेको परीक्षामा कैलाली बलियाका बजगाईंले ८८ दशमलव ९१ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएका हुन्।

उनले पहिलो वर्ष ८३ दशमलव ८८, दोस्रो वर्ष ८९ र तेस्रो वर्षमा ९३ दशमलव १६ प्रतिशत अङ्क ल्याएका छन्। सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका बजगाईंले स्कुलबाट छात्रवृत्ति पाएको कलेजका डा नेत्रराज चटौतले बताए।

सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मेका बजगाईंले सरकारी स्कुलमै पढेर मेहनत गरी एचएमा भर्ना भई पढेका हुन्।