निजगढ विमानस्थल निर्माण गर्न १ खर्ब २१ अर्ब लाग्ने

फागुन १४, काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत १ खर्ब २१ अर्ब रुपैयाँ पर्ने निष्कर्ष निकालेको छ।
यो लागत एयरपोर्ट सिटी बाहेकको हो। प्राधिकरणले नयाँ लागत प्रस्तावसम्बन्धी विस्तृत विवरण नागरिक उड्डयन्त्र मन्त्रालयमा बुझाएको छ।

यसअघि सन् २०११ म कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनीले एयरपोर्ट सिटी बाहेकका लागि ३५५ बिलियन ९३ खर्ब ६५ अर्ब० लाग्ने अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो। प्राधिकरणmले प्रस्ताव गरेको लागतभन्दा ल्यान्डमार्कको प्रस्ताव झन्डै दुई खर्ब ३४ अर्ब रुपैयाँले बढी हो।

प्राधिकरणले पहिलो चरणको काम ५० अर्ब रुपैयाँमा गर्न सकिने उल्लेख गरेको छ। तर ल्यान्डमार्कले ५ वर्षअघि नै यसमा ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो।

डीपीआर तयार गर्ने कम्पनीलाई नै निर्माणको जिम्मा दिनुपर्ने सम्झौता रहेको भन्दै ल्यान्डमार्कले आफूलाई अघि सार्दै आएको छ। निर्माण गर्न नदिने हो भने नेपालले ल्यान्डमार्कलाई ३५ करोड रुपैयाँ दिनु पर्ने सर्त छ। (कारोबार दैनिकबाट)