प्रहरी छापाको विरुद्धमा म्यानपावर बन्द

फागुन, १३ काठमाडौं-
प्रहरी छापाको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले आज बिहीबारबाट कार्यालय बन्द गरेका छन् । अब यसअघि नै प्रवेशाज्ञा पाइसकेका कामदारहरु सातदिनभित्र पठाउने र अरु कुनै पनि काम नगर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

संघले अहिले म्यानपावर व्यवसायीहरुको भेला गर्दैछ । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको बताएको छ ।

वैदेशिक रोजगार सम्वन्धी कुनै कुसर अपराध भए गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेकोमा राज्यका अन्य निकायबाट व्यवसायीहरुको कार्यालयमा छापा मार्ने, पक्राउ गर्ने, कागजात नियन्त्रणमा लिने कार्यले वैदेशिक रोजगार क्षेत्रलाई धरासायी बनाउने निश्चित छ,’ संघले भनेको छ ।