आइओसीले भन्यो मागको ७० प्रतिशत मात्र इन्धन दिन्छौं

फागुन १२, काठमाडौं– भारतीय आयल कर्पोरेसन ९आइओसी०ले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि मुलुकमा इन्धन सहज हुन अझै केही समय लाग्ने भएको छ ।

७० प्रतिशतसम्म मात्र पाउने भएपति नेपाल आय निगमले डिजेलको परिमाण घटाएर मागजति ग्यास र पेट्रोलियम दिन आईओसीलाई पत्राचार गरेको  छ ।

माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएको भन्दै आईओसीले निगमलाई माग जति इन्धन दिन नसकिने अनौपचारिक तवरबाट जानकारी गराएको हो ।

‘मागजति दिन नसकिने भनेपछि तत्कालका लागि डिजेलको परिमाण घटाएर पेट्रोल र ग्यासको परिमाण बढाउन खोज्दै छौं,’ मंगलबार संसदको उद्योग वाणिज्य तथा उपभोक्त समितिअन्तर्गत उपभोक्ता उपसमितिको बैठकमा निगमका निर्देशक दीपक बरालले भने ।(कारोबार दैनिकबाट)