पूर्वेली भाकामा रोजश पायल

राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । कता कता पूर्वतिरको भाखाको आभास हुने यो गीतले धेरैका मन नछुन सक्छ ।

‘वैशाखमा लाइयो माया ढकमक भई जेष्ठमा फूल्यो हजुर,असारमा संकाको बादलु लाग्यो, साउनमा आँशु बनि झर्यो हजुर’ बोलको गीतमा राजेशले स्वर दिएका हुन् । यो गीतको शब्द संगीत चिरन बरालले लेखेका हुन् ।

‘नखिचेको फोटो’ नामक एल्बममा समाबेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको छ । गीतको छायांकन अर्घाखांचीको खन जाल्कांडा र बुटवल सेरो फेरोमा गरिएको छ ।