जाट समुदायको माग पुरा गर्न भारतीय सरकार तयार

फागुन १०, एजेन्सी– भारतीय जनता पार्टी नेतृत्वको सरकारले जाट समुदायको माग पुरा गर्न तयार भएको छ। सरकारले ‘जाट’को मागको अध्ययन र सम्बोधन गर्न शहरी विकासमन्त्री भेनकाइ नाइडुको अध्यक्षतामा एक समिति गठन गरेको छ।

‘हामीले गठन गरेको समितिले समस्याको समाधानको निम्ति यथाशीघ्र प्रतिवेदन सरकारलाइ बुझाउने छ।ु हरियाणाका नागरिकलाई शान्ति कायम गर्न अनुरोध गर्दछु,’ गृहमन्त्री राजनाथ सिंहले भने। ्र

हिंसामा अहिले सम्म ११ जनाको मृत्य भएको छ भने १५० भन्दा बढी घाइते भएका छन। प्रदर्शनकारीले यमुना नदीबाट दिल्लीलाई हुने पानि आपूर्ति बन्द गरेका छन।  सरकारले आन्दोलन नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरेको छ र सेना परिचालन गरेको छ। राजधानी नयाँ दिल्लीमा पनि आपूर्ति नै बन्द भएपछी सरकार अफ्टेरोमा परेको थियो।

भारतीय जनता पार्टीका हरियाणा महासचिव अनिल जैनले जाट समुदायलाइ कोटा दिने सहमति भएको बताए। ुविधानसभाको अब बस्ने बैठकले उक्त माग पुरा गर्नेछ,’ जैनले भने।

जाट संघर्ष समितिका नेता जइपाल सिंह सांग्वनले आफना माग पुरा गर्न सरकार तयार भएका कारण आन्दोलन अन्त्य गर्न आव्हान गरेका छन्।