सुनसरीमा ३ जना लागुऔषध कारोबारी पक्राउ

फागुन १०, धरान–लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ परेका छन् ।

सुनसरीको महेन्द्रनगर र धरानको बीचमा  पर्ने धरान–२७ बाट  आइतबार साँझ बराहक्षेत्र ५ का भरतकुमार राई, कृष्णकुमार मगर, र भरौल ३ का माधव राजधामीलाई लागूऔषध, र केही रकमसहित नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीको नियमित अनुगमनका क्रममा उनीहरुलाई स्कुटर र एपाची बाइकसहित नियन्त्रणमा लिएको हो।

उनीहरुले भरतको साथबाट प्रहरीले ५ हजार ४ सय १० रुपैया र कृष्णको साथबाट ५१ हजार ४ सय ८० रुपैया, सुनजस्तो देखिने आंैठी एक थना र स्पामोप्रोक्सिभन २४ पत्ता ९५७६ क्याप्सुल० सय एमएलको ९८ बोतल कोरेक्स प्रहरीले बरामद गरेको छ।

त्यस्तै को २० प ४३९७ नम्बरको स्कुटी, र को ८ प ६५३४ नम्बरको अपाची मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले बताए। प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिकसमेत गरेको छ। उनीहरुलाई लागूऔषध कारोबारमा मुद्दा चलाउने भएको छ।