अखिलमा नबिना अगाडि

फागुन ९, काठमाडौं– एमाले अखिलको २२ औं महाधिवेशनको अहिलेसम्मको मतगणनाअनुसार अध्यक्षमा नविना लामा अगाडि छिन् ।
शुक्रबार अबेर सुरु भएको मतगणना एमाले मुख्यालय धुम्बाराहिमा जारी छ।

पार्टी अध्यक्ष एवं केपी ओली निकट उमेद्वार नविनाले ४६२  मत ल्याएकी छन् भने नेता माधवकुमार नेपाल निकटका उमेद्वार दिपक गौतमले ३५४ मत ल्याएका छन्।

उपाध्यक्ष तथा सचिवमा भने अधिकांश लामा प्यानलका उमेद्वारहरुको अग्रता छ। महासचिवमा संस्थापनका ऐनबहादुर महरले ४ सय ५३ र नेपाल पक्षका अब्दुल हुसेन खाँले ३ सय ५२ मत प्राप्त गरेका छन् ।

आइतबार बिहानसम्ममा मतगणना सकिने र नतिजा आउने निवर्तमान प्रवक्ता एवं सचिवका उम्मेदवार आरसि लामिछानेले बताए।