दाङमा सभापतिमा खड्का निर्वाचित

फागुन ८, दाङ–  नेपाली कांग्रेस दाङ जिल्ला सभापतिमा कीर्तिबहादुर खड्का निर्वाचित भएका छन्।

शनिवार घोराहीमा भएको निर्वाचनबाट खड्काले आफ्ना प्रतिद्वन्द्वी कमलकिशोर घिमिरेलाई ५५ मत अन्तरले पार्टी सभापतिमा निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित खड्काले ३ सय ४० प्राप्त गरे भने घिमिरेलाई २ सय ८५ मत पाए।

निर्वाचित सभापति कांग्रेस नेता खुमबहादुर खड्का निकट हुन् भने घिमिरे देउवा पक्षका हुन्।  ६ सय ३९ मतदाता मध्ये शनिवार ६ सय २९ मत खसको र त्यसमध्ये चार मत बदर भएको जिल्ला निर्वाचन अधिकृत गोपाल पाण्डेले जानकारी दिए।

शुक्रवार भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणको निर्वाचन भएको हो। पहिलो चरणको निर्वाचनमा खड्कालाई ३ सय १, घिमिरेलाई १ सय ६० र सांसद अनिता देवकोटालाई १ सय ५४ मत प्राप्त भएको थियो।