बाक्सिलामा आगलागी हुँदा ९ घर जलेर नष्ट

फागुन ८, खोटाङ–  विद्युत् सर्ट भएर आगलागी हुँदा बाक्सिलामा नौ घर जलेर नष्ट भएका छन्।

तामाङबस्ती रहेको उत्तरी गाविस बाक्सिला–२ पिपलडाँडाँको तामाङ बस्तीमा शुक्रबार बेलुका अचानक विद्युत् सर्ट भएर आगलागी हुँदा रु ४५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए।

आगो बेलुकी ७ सात बजे मात्र स्थानीवासी र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी घरमा भएका नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, काठपात लगायत जलेपछि तामाङ परिवार बिचल्लीमा परेका छन्।