धुर्मुस सुन्तलीले गरे नेपाली फुटबल टिमलाई सम्मान

फागुन ७, काठमाडौं–२३ वर्ष पछि इतिहास रच्दै सागको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई धुर्मुस सुन्तली फाउण्डेसनले नगद रु २ लाख र कदर पत्रले सम्मान गरेको छ ।

स्वदेश फर्किएको टोलीलाइ धुर्मुुस सुन्तलीले पुरानो बानेश्वरस्थित आप्mनै कार्यालय परिसरमा सम्मान गरेका हुन् । भारत विरुद्धको फाइनल खेलमा दुई एक गोल अन्तरको जित निकालेको टोलीले सारा नेपालीलाई गौरवन्वित बनाएको भन्दै फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले खेलाडीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

ओरालो लागेको नेपाली फुटबललाइ नवयूगमा प्रवेश गराउने यूवा खेलाडिहरुको सम्मानमा फिनल्याण्ड स्थित नेपालीहरुको संस्था नेपाली इन ताम्पेरे, फिनल्याण्डले पनि साथ दिएको थियो ।

कार्यक्रममा राष्टिय टोलीका महत्वपूर्ण खेलाडी नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलीका तर्फबाट सबैको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका थिए ।