पशुपति क्षेत्र भित्रका छाडा कुकुरको स्थाई वन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने

फागुन ७, काठमाडौं–नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) र हिमालयन एनिमल रेस्क्यू सेन्टर (हार्ट)को संयुक्त पहलमा पशुपतिनाथ क्षेत्र विकाश कोषसंगको संयुक्त आयोजनामा आजदेखि यही फागुन ११ गतेसम्म पशुपति क्षेत्रका छाडा कुकुरको स्थाई बन्ध्याकरण गर्ने शिविर सुरु भएको छ ।

शिवरात्रिको अवसरमा मन्दिर परिसरभित्र आउने हजारौ स्वदेशी तथा विदेशी भक्तजनमा पर्न जाने स्वास्थ्य तथा मानसिक प्रभावलाई न्यूनीकरण गर्ने तथा यस क्षेत्र भित्रका कुकुरको स्वास्थ्य र जीवन शैलीमा सुधार ल्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा दिनानुदिन बढ्दै गएको अनियन्त्रित सडक कुकुरको जनसंख्या, यसबाट सिर्जना हुने विभिन्न किसिमका स्वास्थ्य तथा सामाजिक नकारात्मक असरहरुको कारण कुकुरहरुको जनसख्यालाई समयमा नै मानवीय तवरले नियन्त्रण गर्नु अति आवश्यक भएको भन्दै संस्थाले उक्त कार्यको थालनी गरेको हो ।

विश्व स्वास्थ्य संगठनको २०११ प्रतिवेदन अनुसार नेपाल एसियाको रेविज जोखिममा अति संवेदनशील क्षेत्रको रुपमा सूचीकृत छ र समयमा नै यसप्रति उचित चासो नपुगेको खण्डमा यसले भविष्यमा धेरै सामाजिक चुनौती थँिपदै जाने कुरालाई नकार्न सकिन्न । तसर्थ नेपालमा कुकुरको जनसंख्या वृद्धिदरलाई न्यूनिकरण गर्न हार्ट नेपालले गर्दै आएको स्थाई वन्ध्याकरणको अस्थाई शिविरको कार्यलाई काठमाण्डौको केन्द्रमा रहेको श्री पशुपतिनाथ मन्दिर क्षेत्रभित्र पनि ल्याउनु अति आवशयक भएको हुदाँ उक्त कार्यक्रम आयोजना गराउन लगिएको नार्क नेपालका अध्यक्ष जिपि दाहालले बताए ।

दुई वर्ष अगाडि नै सर्भे गरि सकिएको तर त्यसलाई अझै प्रभावकारी ढंगबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा संस्थाको ध्यान केन्द्रित रँहदा ह्याट यूकेको सहयोगमा हार्ट नेपालले आधुनिक पद्धतिबाट एन्ड्रोईड मोबाईल एप्सको प्रयोग गरि न्एक् सिस्टममा रेकर्ड भई गणना हुने समयमा कुकुर कुन स्थान र अवस्थामा रहेको छ, सो सबै कुरा रेकर्ड भई गुगल फ्यूजनमा सहजै प्रस्तुत गर्न सकिने प्रविधीको प्रयोग गरिएको र सोहि पद्धतिमा गणना गरि कुकुरको बन्ध्याकरणलाई बैज्ञानिक बनाउने हेतुले हाल उक्त कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

शिविरमा करिब २०० कुकुरको बन्ध्याकरण तथा उपचार गर्ने लक्ष्य राखिएको छ ।