लोडसेडिङ अन्त्य गर्न भारतकै भर

फागुन ७, काठमाडौं– दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने महत्वाकांक्षी योजना अघि सारेको सरकारले त्यसका लागि भारतबाट विद्युत आयातलाई नै पहिलो प्राथमिकता दिएको छ।

स्वदेशी आयोजनाकै उत्पादनले तत्काल संकट नहट्ने भन्दै सरकार भारतकै भर परेको हो। सरकारले बिहीवार १० बर्षे ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक घोषणा गर्दै भारतबाट आयात गरेरै भएपनि दुई वर्षमा लोडसेडिङ हटाउने योजना ल्याएको छ।

ऊर्जा मन्त्रालयले ६ वटा उपसमिति गठन गरी दुई महिनाभन्दा बढी लगाएर तयार पारेको योजना मन्त्रिपरिषदले पारित गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

लोडसेडिङ कम गर्न सरकारले एक वर्षभित्रै भारतबाट ५ सय ८० मेगावाटसम्म विद्युत आयातको लक्ष्य राखेको छ।(नागरिक दैनिकबाट)