एप्सबाट एसएलसी तयारी

फागुन ६, काठमाडौं–शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक माध्यमबाट पढाउने व्यवस्थाले विद्यार्थी पढाईमा सुधार हुने बताएका छन् ।

एसएलसीको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी बनाइएको एडुखबरले एप्सको उद्घाटन गर्दै मन्त्री पोखरेलले भने–‘सिकाई उपलब्धी सुधार गर्ने अर्को उपाय प्रविधिसंग जोड्नु पर्छ ।’
उनले भने,‘यो एप्स विद्यार्थी र शिक्षकको सहयोगी बन्नेछ ।’ एप्समा एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर सामाग्री राखिएको छ । अंग्रेजी, गणित र विज्ञानको मात्रै नभई अनिवार्य सबै बिषयको सामाग्री राख्ने व्यवस्था राख्न उनले आग्रह समेत गरे ।
शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले भूकम्प र नाकाबन्दीले पुरा गर्न नसकेको कोर्ष अध्ययन गर्न एप्सले सहयोग पु¥याउने बताए । ‘प्रविधिबाट पठन पाठनको सुरुवात गरेका छौ,’उनले भने,‘पहिलो चरणमा अंग्रेजी, विज्ञान र गणित बिषयको सामाग्री राखेका छौ । अनिवार्य सबै बिषयको सामाग्री चाडौ राख्नेछौ ।’ केन्द्रले अंग्रेजी, गणित र विज्ञानको मात्रै भिडियो कक्षा सञ्चालन गरेपनि अनिवार्य सबै बिषयको तयार गरेर सीडी मार्फत विद्यार्थी र शिक्षकसम्म पु¥याउन लागेको गौतमले बताए  ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले एप्समा पुस्तक भन्दा पनि विद्यार्थीको सिकाई सुधार गर्ने सामाग्री राख्नु पर्ने बताए । ‘सधै पुस्तक नै पढ्नु पर्छ भन्नेहरुको लागि त चुनौती हो,’उनले भने,‘एप्स सबैको सहयोगी बन्न सक्छ । त्यसैले विद्यार्थी र शिक्षकलाई आवश्यक सामाग्री उपलब्ध गराउनु आवश्यक छ ।’
एडुखबरका सम्पादक श्रीधर पौडेलले विद्यालयको कक्षा कोठासम्म प्रविधिलाई जोड्ने काम एप्सले गर्ने बताए । ‘