क्रान्तिकारी कार्यदिशा स्वीकारे प्रचण्डसंग एकताः बास्तोला

फागुन ६, काठमाडौं–नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले प्रचण्डले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई निःशर्त स्वीकार गरे आफुहरु पनि एकता गर्न तयार भएको बताएका छन् ।
देशभक्त संघीय जनवादी मोर्चाद्वारा संवाद डबलीमा २१औं जनयुद्ध दिवसको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त भनाई राखेका हुन् ।
बास्तोलाले बजारमा अनावश्यक रुपमा मओवादी एकताको हल्ला चलेको भन्दै उनले भने ‘एकता हुनु छ भने भईहाल्छ नि तर त्यो एकता निजी स्वर्थ सिद्ध गर्नका निम्ति नभई इमान्दारीतापुर्वक क्रान्तिका निम्ति हुनुपर्यो ।’

एमालेसंग बराबरीको बार्गेनिङ्कका लगि प्रचण्डलाई कसैसंग एकताको खाँचो भएकोले उनि आत्तुर भएको बास्तोलाको आरोप थियो । नेपालमा ध्रुत संदनवाद हावी भएको र त्यसको विरुद्धमा नयाँ जनवादी क्रान्तिका निम्ति क्रान्तिकारीहरुको ध्रुर्बीकरणको आवश्यकता रहेको बताउँदै बास्तेलाले भने ‘दलाल पूँजीवाद र संसोदनवादीबाटो अंगालेका पार्टीहरुसंग कुनैपनि हालतमा एकता हुन सक्दैन ।’

त्यसैगरी एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकीले माओवादीको लक्ष्य पुरा नभएको र त्यसको पूर्णताको निम्ति पुरानैबाटो अपनाउन नसकिने बताउँदै उनले भने ‘लक्ष्य प्राप्तीका निम्ति सबै मओवादीहरु एक हुनु जरुरी छ ।’
नेकपा (क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य दामा सर्माले माओवादीहरुले बाटोबिराएर यो अवस्था भोगिरहेको र अब फेरी जनवादी क्रान्तिका निम्ति सबै जुट्नु पर्ने धारणा राखिन् । त्यस्तै बेपत्ता योद्धा समाजका अध्यक्ष असोक कुमार रोकायाले एमाओवादी पुर्व नेता बाबुराम भट्टराई तिर इङ्गित गर्दै भने ‘कोहि नयाँ शक्ति कोही पुराना शक्तिको नाममा सहिद वेपत्ता घाइतेहरुको त्याग,तपश्या र बलिदानको अपमान गर्दै छन्, उनिहरुलाई जनताले छोढ्ने छैनन् ।’
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले विभिन्न वादका खोल ओडेर नयाँ संसोदनवाद हावी भएको भन्दै उनले भने ‘सिद्धान्त,संगठन र संघर्ष महत्वपूर्ण विषय हुन् र नेपालको सन्दर्भमा सिद्धान्तको रक्षा ठूलोकुरा भएको छ ।’
विप्लव नेतृत्व नेकपा माओवादीले वीचार रक्ष गर्दै अवसरवाद विरुद्ध लड्ने प्रयत्न गरेकोमा आसा पलाएको बताए । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले क्रान्तिकारीहरु विभाजित हुनुको परिणाम आज देशको राष्ट्रियतामा गम्भिर संकट परेको धारणा राखे ।
त्यस्तै उनले माओवादी एकताको विषयमा चर्चा गर्दै प्रचण्डले चाहे जस्तै उनको अनुकुलताको लागी सहजै माओवादी एकता नहुने बताए । नेकपा संयुक्तका अध्यक्ष गणेश साहले माओवादीहरुले पहिले धेरै एजेण्डाहरु छोडेर गल्ति गरेको र अहिले धेरै फुटेर गल्ति गरेको भनाई राखे ।
मधेशी जनता पार्टी संयोजक महेश कलवारले नेपाली नेताहरु अदुरदर्शी, सत्ता लोलुप्त र अवसरवादी भएकाले उनिहरुप्रति जनताको विश्वास नरहेको बताए ।
कार्यक्रममा देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले आफूहरुले नयाँ जनवादी क्रान्तिका निम्ति उठाएको झण्डा सम्पन्न नहुन्जेल सम्म नझुक्ने बताए ।