जानकी मेडिकल कलेजको एमबीबीएसमा ९१ प्रतिशत विद्यार्थी फेल

फागुन ६, जनकपुर–जानकी मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षमा ९१ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
परीक्षामा सहभागी नियमित तथा आंशिक गरी ८० विद्यार्थीहरूमध्ये ७ जना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ । एमबीबीएस प्रथम वर्षको ११ औं समूहको परीक्षाफलमा ८।७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका हुन् । यस्तो परिणामले ३५–४० लाख रुपैयाँसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी चिन्तामा छन् ।

मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकहरूले शिक्षक, कर्मचारीहरूको तलबभत्ता नियमित भुक्तान नगर्दा विगत दुई वर्ष क्याम्पस अस्तव्यस्त बनेको थियो ।(कान्तिपुर दैनिकबाट)