फिक्सिङको पर्दाफासपछि फुटबलमा नयाँ गति

फागुन ६, काठमाडौं– बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा कमाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको छ ।

एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर खस्किएको थियो । तर, पछिल्लो तीन महिनामै फुटबलले चामत्कारिक प्रदर्शन गरेको छ ।(नयाँ पत्रिका दैनिकबाट)