फिक्सिङमा गणेश थापा पनि तानिएका थिए

फागुन ६, काठमाडौं– म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए ।

तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन ।

एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे । त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो । ‘खेलाडी र पदाधिकारी सबैले खेल हारे पनि मस्त पैसा कमाउँदै आएका थिए,’ एक पूर्वखेलाडी भन्छन्, ‘त्यही कारण फुटबल भने सधैँ पछाडि परिरह्यो ।(नयाँ पत्रिका दैनिकबाट)