सवारी साधनमा यात्रुको पर्स र मोबाइल लुट्ने गिरोह पक्राउ

फागुन ४, काठमाडौं– गौशाला प्रहरी काठमाडौैंले सवारी साधनमा चढेर यात्रुहरुको मोबाइल र पर्स लुटने एक गिरोहलाई पक्राउ गरेको छ।

यात्रुहरुको गुनासो दिनप्रतिदिन आएपछि चलाइएको अप्रेसनका क्रममा चोेरी गर्ने गिरोहका मुख्य २ जनालाई पक्राउ गरिएको डिएसपी सुरेन्द्र मैनालीले जानकारी दिए। काठमाडौं बत्तिसपुतली बस्ने  अनुज केसी र ओखलढुंगा घर भइ बोहराटार बस्ने यज्ञबहादुर खत्रीलाई पक्राउ गरिएको उनले बताए।

उनीहरुले गौशाला, चावहिल र बानेश्वर क्षेत्रमा चल्ने सवारी साधनबाट यात्रुहरु लुट्ने गरेको उनले बताए। उनीहरु यस क्षेत्रका खुङखार चोरहरु हुन् डिएसपी मैनालीले भने, लामो समयको निगरानीपछि उनीहरु पक्राउ पर्न सफल भएका हुन्।

उनीहरुको साथबाट प्रहरीले ४ वटा आइफोन फोर, आइफोन फाइफ एस, सामसुङका महँगो सेट, नोकिया र लाभाका गरी १३ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । उनीहरुको साथबाट बालबालिकाहरुले लगाउने कल्ली, विभिन्न देशका रकम र लागूऔषध पनि बरामद गरिएको प्रहरीले बताएको छ।