राजुकाजी शाक्य जसले तीन फरक भूमिकामा स्वर्ण पदक जिते

काठमाडौं–दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भए।

नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक राजुकाजीले भने  तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने पहिलो व्यक्ति बनेका छन्।

सन् १९८४ बाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको भूमिकामा मात्रै थिए।

तर पछि  सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने शाक्य नेपाली फुटटबल टोलीका कप्तान भए र उनकै कप्तानीमा नेपाल मैदान उत्रिएको थियो।

जुन खेलमा शाक्यकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पार्न सफल भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले  गत माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको थियो।

तर साग खेलकुदमा नेपालले सन् १९९३ यता कुनै उपाधि जित्न सकेको थिएन। तर सोमवार १२ औँ साग पुरुष यु(२३ फुटबलमा चिरप्रतिद्वन्द्वी भारतलार्इ उसकै घरेलु मैदान गुवाहाटीस्थित इन्दिरा गान्धी रंगाशालामा २(१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो।

र यसपटक पनि नेपालले स्वर्ण पदक हात पार्दा दुई पटक नेपाललार्इ यसअघि दुर्इ फरक भूमिकामा (खेलाडी र पछि कप्तान) स्वर्ण पदक जिताइसकेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए।