मुख्य नाका वीरगन्जमै डिजेल र पेट्रोल अभाव

फागुन ४,वीरगन्ज– भारतबाट नेपालका लागि इन्धन भित्रिने मुख्य नाका वीरगन्जमै डिजेल र पेट्रोलको कृत्रिम अभाव भएको छ।

नाकाबन्दी खुलेपछि वीरगन्ज नाकाबाट दिनहुँ सयौँ ट्यांकर इन्धन भित्रिँदै आएको छ। तर पर्सा र बाराका उपभोक्ताले अझै पनि सहज रुपमा डिजेल र पेट्रोल पाउन सकेका छैनन्।

नेपाल आयल निगम मध्यक्षेत्रीय कार्यालय वीरगन्जका अनुसार पर्सा र बारामा गरी कुल एक सय ६ वटा पेट्रोल पम्पलाई माघ २५ गते देखि नियमित डिजेल र पेट्रोल वितरण गरिएको आयल निगम मध्य क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अभिषेक ठाकुले जानकारी दिए।

ठाकुरका अनुसार पर्सा र बाराका पेट्रोल पम्पलाई आयल निगमले माघ २५ देखि फागुन २ गतेसम्म एक साताको अबधिमा डिजेल र पेट्रोल गरी ८ लाख १६ हजार लिटर इन्धन वितरण गरेको छ।  तर उपभोक्ताले भने अझै सहजरुपमा इन्धन नपाएको गुनासो गरेका छन्।(अन्नपूर्ण पोष्ट दैनिकबाट)