निगमले झुक्यायो, दिनभर लाइन बस्नेले पाएनन् इन्धन

फागुन ३, काठमाडौं– नेपाल आयल निगमले शुक्रवारदेखि सबै पेट्रोल पम्पवाट तेल वितरण गर्ने सूचना जारी गरेपनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन्।
निगमले तीन दिनदेखि सबै पेट्रोल पम्पबाट तेल वितरण गर्ने बताएपनि उपभोक्ताले भने अझै सहज रुपमा तेल पाएका छैनन्। निगमले पेट्रोल बाँड्ने सूचना जारी गरेपछि सञ्जय  सर्भिस सेन्टर सुन्धारामा लाइनमा बसेका मनोज कार्की आइतबार साँझ रात छिप्पिएपछि रित्तै घर फर्किए।

पेट्रोल पम्प सञ्चालकले थानकोटमा पेट्रोल लोड भएको भन्दै कुराएपछि उनी दिनभर पेट्रोल पाउने प्रतीक्षामा थिए। ‘दिनभर कुर्दा पेट्रोल पाइएन,कार्कीले भने, ‘हामीलाई तेल दिने भन्दै झुलाउनेमात्र काम भयो।’

आयल निगमले आइतवार दिउँसो १२ बजेसम्म सबै पेट्रोल पम्पलाई ६ लाख लिटर पेट्रोल दिएको बताएको थियो। राजधानीका अधिकांश पेट्रोल पम्पले उपभोक्तालाई झुक्काएका छन्। (नागरिक दैनिकबाट)