कोरला नाका खोल्ने तयारी तीब्र

फागुुन ३, काठमाडौं– सरकारले उत्तरी नाका कोरला खोल्ने तयारी तीब्र बनाएको छ।

नाका  खोल्ने पूर्वतयारीस्वरुप लोमान्थाङमा सैनिक ब्यारेक, प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका लागि जग्गा छनोट गरिएको छ। नाकाको सुरक्षार्थ नेपाली सेनासेमत तैनाथ हुने भएको छ।

यो नाका खोल्ने पूर्वतयारीका रुपमा स्थानीय प्रशासनले काम थालेको र पहिल्यै भएका कार्यालयमा जनशक्ति थप्ने योजना अनुरुप जग्गा नापजाँच गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए।(कान्तिपुर दैनिकबाट)