प्राचिन हरिद्धार बराहक्षेत्र निर्माणमा एक्ला बाबा

फागुन २, काठमाडौं— सुनसरी जिल्लामा रहेको प्राचिन हरिद्धार बराहक्षेत्र विकास र पुर्ननिर्माणमा एक्लै होमिएका बाबा काशिनाथ धमला गिरीले आफ्नो अभियानमा सहयोग गर्न आब्हान गरेका छन ।
बाबले पत्रकार सम्मेलन गरेर हिन्दु धर्ममा कुनै पनि शुभकार्य गर्दा पहिला गणेशको पुजा अर्चना गर्नुपर्ने भए पनि बराह क्षेत्रमा गणेश मन्दिर नरहेकोले आफू निर्माणमा लागेकोमा पछिल्लो समयमा रकम अभावले त्यसलाई पूर्णता दिन नसकेकोले सहयोगको लागि आब्हान गन आएको बताए ।
उनले यसअघि त्यहाँ गंगामाता र सरस्वतीको मन्दिर बनाईसकेका छन । उनले त्यही आगन्तुकहरुको लागि सानो निःशुल्क बस्ने र खाने ब्यवस्था समेत गरेका छन । बराहक्षेत्र समितिले चलाएको धर्मशालामा भने पाँच सय रुपैया दिएर बस्नु पर्ने हुन्छ ।
उनले आफ्नो अभियानमा सहयोग गरे त्यहाँ दर्शनार्थीहरुलाई निःशुल्क खान बस्ने ब्यवस्थासहितको धर्मशाला, बृद्धाश्रम, मन्दिर र अस्पताल निर्माण गर्ने योजना रहेको सुनाए ।
सहयोग गर्नेहरुले आफूलाई ९८६०७५०६३१ मा टेलिफोन गर्न वा राष्ट्रिय बाणिज्य बैंक धरान शाखामा रहेको खाता नम्बर २१६००३२८९६१० मा पठाउन सक्ने जानकारी दिए ।