कोइरालाको निधनको शोकमा आज सार्वजनिक विदा

माघ २७, काठमाडौं– सरकारले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनको शोक मनाउन बुधवार सार्वजनिक विदा दिएको छ।

मंगलवार राति दिबंगत भएका कोइरालाको निधनको शोक मनाउन सरकारले बुधवार सार्वजनिक विदा दिएको हो।

कोइरालाको निधनपछि आकस्मिकरुपमा बसेको मन्त्रिपरिषदको बैठकले बुधवार शोक मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

यस्तै कोइरालाको निधनप्रति शोक मनाउन आजदेखि २९ गतेसम्म तीनदिनका लागि देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

यसैगरी माघ २८ र २९ गत परराष्ट्र मन्त्रालय लगायतका विदेशस्थित नेपाली दूतावास र नियोगमा शोक पुस्तिका राखिएको छ।