कोइरालाको पार्थिव शरीर सानेपामा

माघ २६, काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई उनको निवास महाराजगन्जबाट पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपा लगिएको छ।
कोइरालाको पार्थिव शरीरलाई नेपाल प्रहरीको बा१ग २२०९ नं को ट्रकमा राखेर सानेपा लैजान लागिएको हो । महाराजगन्ज–लाजिम्पाट–केशरमहल–भद्रकाली–त्रिपुरेश्वर–टेकु–बल्खु हुँदै सानेपा पुर्याउने मार्ग तय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।