नेपालमा मौरी कृषि नीति ल्याइंदै

माघ २६, काठमाडौं– नेपालमा पहिलो पटक मौरी कृषि नीति ल्याइने भएका छ ।
कृषि र कृषकमा समर्पित मुख्य नारा बोकी प्रकाशन हुदै आएको एग्रो टाइम्स राष्टिय मासिक पत्रिकाले आयोजना गरेको एक कार्यक्रममा कृषि विकास मन्त्रालयका सह सचिव डा सुरोज पोख्रेलले अबको ३ महिनामा मौरी कृषक नीति ल्याइने जानकारी दिनुभयो ।
मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले सरकारले मौरीपालन व्यवसायबाट युवा किसानको जीवनस्तर सुधार गर्ने उद्धेश्य राखेर अनुदान उपलब्ध गराउन थालेको समेत बताए ।
पत्रिकाका प्रवन्ध निदेशक अशिम सापकोटाले आगामी दिनमा समेत कृषकलाई फाइदा पुग्ने कार्यक्रमहरु गरिने प्रतिबद्धता जाहेर गरेका थिए  ।
देशको मेरुदण्ड मानिने कृषि अन्तर्गत महले पनि पछिल्लो समयमा महत्वपुर्ण भुमिका खेलेको छ भन्दैे कार्यक्रममा मौरी कृषि नीतिको आवश्यकता औँल्याइएको थियो ।
सोही अवसरमा मौरीपालन व्यवसायको क्षेत्र अन्तर्गतमौरीको व्यावसायिकरण र अनुसन्धानमा महत्वपुर्ण योगदान दिने १० जना व्यक्तित्वहरुलाई सम्मान पनि गरीएको थियो ।
सम्मानित हुनेहरुमा डा सुरेन्द्रराज जोशी, अर्जुनप्रसाद पोख्रेल, महालक्ष्मी श्रेष्ठ, अम्वरबहादुर तारामी मगर, इन्द्रदेव भट्ट, लिलापति घिमिरे, बिष्णुकुमार श्रेष्ठ, दिपककुमार श्रेष्ठ, मनोजकुमार सिंह र हेमबहादुर डल्लाकोटी रहेका थिए ।