कांग्रेस महाधिवेशन स्थगित हुने

माघ २६, काठमाडौं– सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसले महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले बताए ।

महाधिवेशन स्थगितको औपचारिक निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको सिंहले बताए।

कांग्रेसको पूर्व निर्धारित निर्वाचन तालिका अनुसार अधिकांश जिल्लामा जिल्ला अधिवेशन सोमबार भएको छ भने केही जिल्लामा जिल्ला तथा क्षेत्रिय अधिवेशन मंगलवार हुने कार्यक्रम थियो। कोइरालाको निधनसँगै जिल्लादेखि केन्द्र सम्मका निर्वाचन कार्यक्रम हाललाई स्थगित हुने सिंहले बताए।

कोइरालाको निधन भएको खबर पाउँना साथ महाराजगञ्जस्थित निवासमा नेता तथा कार्यकर्ताहरुको पुग्ने क्रम सुरु भएको छ।