कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि न्युरो अस्पतालमा भर्ना

माघ २६, काठमाडौं– सुशील कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगंज पुगेका कांग्रेस नेता नरहरि आर्चाय बेहोस भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

उनी कोइरालाको पार्थिव शरिरमा श्रद्धांजली दिएपछि उपस्थित कांग्रेस नेताहरुसँग छलफलमा बसेका थिए।

छलफलबाट बाहिर आएर कोइरालाको निवासको प्राङगणमा करिव १५ मिनेटसम्म उपस्थित संचारकर्मीलाई कोइरालाको निधन तथा उनले नेपाली राजनीतिमा गरेको योगदानबारे प्रतिक्रिया दिएका थिए। बोलिसकेपछि कोइराला निवासको प्राङगणबाट बाहिर निस्कने क्रममा आर्चाय बाटैमा लडेका थिए। उनलाई तत्कालै उठाएर कार्यकताहरुले बाँसवारीस्थित न्युरो अस्पताल लगेका छन्।