कोइरालालार्इ दिने सम्मानबारे निर्णय लिन मन्त्रिपरिषदको आकस्मिक बैठक वोलाइयो

माघ २६, काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि अन्तयेष्टिबारे निर्णय लिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

मन्त्रिपरिषदको बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालालाई दिइने सरकारी सम्मानबारे मन्त्रिपरिषदको बैठकले निर्णय लिनेछ।

पूर्वप्रधानमन्त्री कोइरालाको गएराति १२ बजुर ५० मिनेटमा महाराजगंजस्थित निवासमा निधन भएको थियो।