वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो

माघ २५, काठमाडौं– नाकाको अबरोध हटेसँगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम ह्वात्तै बढेको छ।

मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रवारदेखि खुलेको हो। शुक्रवार दिँउसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको अबरोध हटाएर नाका खुलाएका थिए। नाका खुले लगत्तै शुक्रवार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामान बोकेका गाडी वीरगन्ज भित्रिने क्रम सुरु भएको हो।

नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै इन्धन र मालसामान बोकेका एक हजार ४ सय मालबाहक गाडी वीरगन्ज भित्रिएको जानकारी पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिए।

उनका अनुसार शुक्रवार एकसय ५४, शनिवार ६ सय ५३ र आइतबार पाँच सय ९१ वटा मालबाहक गाडी वीरगन्ज भित्रिएका हुन्। (अन्नपूर्ण पोस्ट दैनिकबाट)