धर्मरिनपेक्ष राष्ट्र घोषणाले राष्ट्रको परिचय गुम्यो – दिनबन्धु पण्डित

माघ २४, दाङ –वाचन पण्डित दिनबन्धु पोखेलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको वताएका छन् ।
एक साक्षात्कार कार्यक्रममा उनले २०६२÷०६३को जनआन्दोलनको मर्म धर्मका वारेमा नभएको तर त्यसको मर्म विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र गराउने गल्ति नेताहरुले गरेको आरोप लगाए ।
उनले नेताहरु कतिपय दलका नेताहरु विदेशको इशारामा चलेकोले उनीहरुकै अकर्मन्यताले आज समाजमा विखण्डन र विभेदीकरण बढेको बताएका छन् । उनले भने ‘ नेपाल विश्व सभ्यताको उद्गम स्थल हो, तनहुँमा वेदको जन्म भएको हो, यस्तो स्थानलाई धार्मिक पर्यटनको केन्द्र वनाउन सके पाँच वर्षमै मुलुक सम्वृद्धिको मार्गमा लम्किने छ ।’ बेद एउटा विश्व सभ्यताको जननी भएको चर्चा गरेका उनले नेपालबाट डोटीबाट योगको जम्न भएकोले भारतमा रामदेवले योग जन्माए भन्नु सरासर झुट भएको वताए । उनले बुद्ध जन्मस्थल,मानव सभ्यताको जन्मस्थल नेपालले एक पटक फेरि विश्वसभ्यताको शुरु नेपालवाटै गर्नु पर्ने वताए । उनले आफूले ‘आधुनिक भौतिक तत्ववाद’ समेटेर पुस्तक तयार पारिरहेको जानकारी दिए ।
गायिका कोमल वलीले पछिल्लो समय धार्मिक सहिष्णुता भएको मुलुकमा क्रिष्चयनले गर्दा चुनौती थपिएको चिन्ता व्यक्त गरिन । उनले पैसा खर्च गरेर संघसंस्थाहरुले धर्मलाई व्यापार वनाउन खोजेकोले चुप लागेर बस्न नहुने तर्क गरिन । उनले क्रिस्चयनहरुले धर्मलाई किनमेल गरेर व्यापार बनाउँदै लगेकोले सबै सचेत हुनुपर्ने धारणा राखिन ।