नेपालको विकासमा ज्ञानको अभाव प्रमुख कारक रहेको

माघ २३, काठमाडौं– प्रोभिडेन्ट बैंकिङ् मर्चेन्ट नामक सस्था सञ्चालन गरिरहका सिराहाका विमल तिवारीले नेपालको विकासमा ज्ञान र अध्ययनको कमि प्रमुख बाधक रहेको दावी गरेका छन ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नेपालको नेतृत्व अशिक्षित र गैर प्रजातान्त्रिक ब्यक्तिहरुले गरिरहेकोले मुलुकको विकास हुन नसकेको भन्दै नेपालको विकासको सुत्र प्रस्तुत गरे ।
उनले नेतृत्वको लागि अध्ययन भएका ब्यक्ति गाँउ तहबाटै प्रत्यक्ष निर्वाचित भएर आउनु पर्ने, प्रधानमन्त्री र मन्त्री जस्ता ब्यक्ति सम्बन्धीत क्षेत्रका विद्यार्थी हुनै पर्नेमा जोड दिए ।
उनले शासन दोषपूर्ण र नेताहरु जनता प्रति जिम्मेवार नहुँदा भ्रष्ट भएकोले समस्य आएको भन्दै प्रजातन्त्रको मान्यतालाई तल्लो तहबाटै कार्यान्वयनमा लगे बास्तविक विकास सम्भव रहेको तर्क गरे ।
तिवारीले भारतको नेपालमा हेर्ने दृष्टि ठिक नभएको र राज्यले मधेसीलाई हेर्ने दृष्टिकोण सहि नभएकोले समस्या आएको भन्दै मधेसको जायज माग पुरा गरेर मुलुकलाई आर्थिक बिकासको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिए ।