धादिङ अस्पताललाई सुविधा सम्पन्न बनाउने राज्यमन्त्रीको प्रतिबद्धता

माघ २३, काठमाडौं–स्वास्थ्य राज्यमन्त्री महम्मद कलाम आलमले धादिङ जिल्ला अस्पताललाई ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कुलप्रसाद–चेतकुमारी धमला मेमोरियल ट्रष्टको आयोजना र सेभ द हर्ट, क्यान्सर काउन्सिल नेपाल र नेपाल कार्डियोको सहयोगमा शनिवार धादिङ जिल्ला अस्पतालमा आयोजना गरिएको एक दिने शिविरको अवलोकन गर्दै उनले त्यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।
उनले स्वास्थ्य क्षेत्रलाई राजनीतिकमुक्त बनाएर सर्वसुलभ स्वास्थ्यको केन्द्र बनाउने भन्दै धमलासँग आफ्नो सम्बन्ध रहेकोले धादिङसँग सम्बन्ध जोडिएको बताए ।